जोडिनुहोस
  • होमपेज
  • भारतले जित्यो महिला नेत्रहीन क्रिकेट सिरिज, नेपाल ८ विकेटले पराजित

भारतले जित्यो महिला नेत्रहीन क्रिकेट सिरिज, नेपाल ८ विकेटले पराजित

घरेलु टोली भारतले एक खेल अगावै महिला नेत्रहीन टी २० क्रिकेट सिरिज आफ्नो पक्षमा पारेको छ । मुम्बईमा भइरहेको सिरिज अन्तर्गत बिहीबार भएको चौथो खेलमा नेपाललाई ७ विकेटले पराजित गर्दै भारतले ३ १ को अग्रतासहित सिरिज आफ्नो बनाएको हो ।यसअघि सुरुवाती दुई खेल भारतले जितेको थियो भने तेस्रो खेलमा नेपालले भारतमाथि १० विकेटको सानदार जित हात पार्दै सिरिजमा फर्केको थियो । तर चौथो खेलमा घरेलु टोली भारतले पुनरागमन गर्दै सहज जित निकाल्यो । नेपालले दिएको १६६ रनको लक्ष्य भारतले १० बल अगावै ३ विकेट गुमाएर पुरा गर्‍यो । भारतका लागि ओपनर शुष्मा पटेलले सर्वाधिक ४५ रन बनाइन् । शान्ति हान्दाले ३७ र राभान्नीले ३० रन जोडिन् । सिमु दासले अविजित ३० रन योगदान गरिन् । नेपालका लागि मुना अर्याल र प्रतिभा राईले समान १ विकेट लिए । त्यसअघि मुम्बईस्थित पुलिस जिमखाना क्रिकेट मैदानमा घरेलु टोली भारतले टस जित्दै नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको थियो । जसमा नेपालले निर्धारित २० ओभर खेल्दै बिनिता पुनको अर्धशतकमा ६ विकेट गुमाएर १६५ रन बनाएको थियो । कप्तानी समेत गरेकी बिनिताले सर्वाधिक ६९ रन बनाइन् । मनकेसी चौधरीले ३३, सृजना परियारले २४ र सरिता घिमिरेले १२ रन जोडे । मुना अर्याल खाता नै नखोली र निशा डगौरा ८ रनमा आउट भए । इशारा माया लुंगेलीले अविजित ६ रन बनाइन् । भारतका लागि पुला सरेनले २ तथा झिली बिरुअले १ विकेट लिए । अब नेपाल र भारतबीच सिरिजको पाँचौ तथा अन्तिम खेल बिहीबार हुनेछ । पाँच खेलको सिरिज खेल्न नेपाली टोली मुम्बई गएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?