जोडिनुहोस
  • होमपेज
  • त्रिभुवन विश्वविद्यालयमा योग्यताका आधारमा उपकुलपति नियुक्त गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

त्रिभुवन विश्वविद्यालयमा योग्यताका आधारमा उपकुलपति नियुक्त गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन विश्वविद्यालयमा राजनीतिक भागबन्डाको अन्त्य गर्ने बताउनुभएको छ ।

त्रिभुवन विश्वविद्यालयको आज सोमवार भएको ४९ औँ दीक्षान्त समारोहमा प्रधानमन्त्री एवम् कुलपति प्रचण्डले अब विश्वविद्यालयहरूमा राजनीतिक भागबन्डाका आधारमा नभई मेरिटु अर्थात् योग्यताका आधारमा उपकुलपतिको नियुक्ति गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । यसका लागि विश्वभर रहेका विज्ञ नेपालीहरूलाई आग्रह गर्ने पनि उहाँले बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले त्रिभुवन विश्वविद्यालयमा भागबन्डामा नभई योग्यताका आधारमा नियुक्तिका लागि अग्रसर हुन पनि अपिल गर्नुभएको छ ।

समारोहमा प्रचण्डले विश्वबजारका चुनौती सम्बोधन गर्न गुणात्मक सुधारको इच्छाशक्ति र सङ्कल्प जरुरी भएको बताउनुभयो । राजनीतिक दलहरूले विश्वविद्यालयमा राजनीतिक भागबन्डा हुनु हुँदैन, विश्वविद्यालयहरू स्वायत्त प्राज्ञिक निकाय हुनुपर्दछ भन्ने तर अर्कोतर्फ आफैँ राजनीतिक भागबन्डा र दाउपेचका निम्ति दौडिरहेका भन्दै अब फरक ढङ्गले सोच्नुपर्ने बताउनुभयो । उहाँले विश्वबजारका निम्ति प्रतिस्पर्धी जनशक्ति उत्पादनमा हामी कहाँ चुक्यौँ र विगतमा विश्वविद्यालयले आर्जन गरेको बलियो जनविश्वास र भरोसा किन कमजोर हुँदै गयो भन्ने प्रश्नमा समीक्षा आवश्यक भएको उल्लेख गर्नुभयो ।

विश्वविद्यालयहरूमा शैक्षिक क्यालेन्डर लागू हुन नसक्नु, बेलाबेला पठनपाठनमा गत्यावरोध आइरहनुमा को दोषी छ भन्दै प्रधानमन्त्री प्रचण्डले प्रश्न गर्नुभयो ।प्रचण्डले दीक्षित हुने विद्यार्थीहरूले आर्जन गरेको शिक्षा, ज्ञान र सीप समाजका लागि अझ धेरै उपयोगी बन्ने विश्वास व्यक्त गर्दै आफूलाई सचेत र इमानदार नागरिकका रूपमा स्थापित गर्दै आफ्नो राष्ट्रप्रतिको कर्तव्य पूरा गर्ने सफलता दीक्षित विद्यार्थीलाई मिलोस् भनी शुभकामना पनि दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका