जोडिनुहोस
  • होमपेज
  • आठ वर्षसम्म उद्योग सञ्चालन नगरेपछि सम्झौता रद्द

आठ वर्षसम्म उद्योग सञ्चालन नगरेपछि सम्झौता रद्द

हेटौँडा औद्योगिक क्षेत्रका चारवटा उद्योग सञ्चालनका लागि गरिएको सम्झौता लामो समयसम्म कार्यान्वयन नभएपछि रद्द गरिएको छ । हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जग्गा सम्झौता गरेको आठ वर्षसम्म पनि उद्योग स्थापना नगर्ने चार उद्योगको सम्झौता रद्द गरेको हो ।

हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका क्षेत्र व्यवस्थापक भोजराज बिनाडीले सनराइज कन्टेनर्स प्रालि, नाथ फुड्स इण्डष्ट्रिज प्रालि, लक्ष्मी पेन्ट्स प्रालि र बिवाइएस हेटौँडा प्रालिसँग गरिएको सम्झौता रद्द गरिएको जानकारी दिएका छन् । उनका अनुसार सनराइज कन्टेनर्सले प्लाष्टिकका वस्तु, नाथ फुड्स इण्डष्ट्रिजले बिस्कुट तथा बेकरी, लक्ष्मी पेन्ट्सले वाल पुटिङ, रङरोगन र बिवाइएस हेटौँडाले विभिन्न प्रकारका फ्ल्याट, एङ्गल फाइल, कम्बिनेसन प्लायरलगायत औजार उत्पादन गर्नेगरी उद्योग सञ्चालनका लागि जग्गा भाडामा लिन सम्झौता गरेका थिए ।

जग्गा ओगट्ने तर उद्योग सञ्चालनमा नल्याउने भएपछि सम्झौता रद्द गर्न बाध्य भएको उनले बताएका छन्। सम्झौता रद्द हुँदा ३० रोपनी औद्योगिक क्षेत्र कार्यालयको मातहतमा आएको उनले जानकारी दिए । सम्झौता भएको छ महिनाभित्रमा आवश्यक संरचना निर्माण गरी दुई वर्षभित्रमा उद्योग सञ्चालनमा ल्याइसक्नुपर्ने र सञ्चालनमा ल्याउन नसकेमा दुई पक्षबीच भएको सम्झौता स्वतः रद्द हुने उल्लेख थियो । समयसीमा सकिएको अवस्थामा पटक(पटक उद्योगका सञ्चालकलाई अनुरोध गर्दा पनि वास्ता नगरिएका कारण सम्झौता खारेज गर्नुपरेको कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका