जोडिनुहोस
  • होमपेज
  • कोशीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

कोशीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । कोशी प्रदेशको मतदान स्थल रहेको प्रदेश निर्वाचन कार्यालय विराटनगरमा निर्वाचन अधिकृत तथा जिल्ला अदालत मोरङका मुख्य न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलले निर्वाचन अधिकृतको कार्यालयको शुभारम्भ गरेका हुन् । सो अवसरमा मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद पोखरेलले निर्वाचनलाई तीन वडा सुरक्षा घेरामा राखेर सुरक्षा व्यवस्था कडा बनाउने बताए ।

त्यस्तै निर्वाचन अधिकृत ढुङ्गेलले शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउनका लागि सबै पक्षलाई आह्वान गरे । उनले स्वतन्त्र स्वच्छ र निष्पक्ष निर्वाचन सम्पन्न गर्न सबैको सहयोग रहने भन्दै १२ वटै राजनीतिक दलका प्रतिनिधिहरूसँग चाँडै बैठक गरि छलफल गरिने जानकारी दिए । कोशी प्रदेशमा २ पदका लागि निर्वाचन हुँदैछ । एक महिला र एक अन्य पदको निर्वाचन हुने प्रदेश निर्वाचन कार्यालयका प्रमुख यामप्रसाद सुवेदीले जानकारी दिए । राष्ट्रिय सदस्य निर्वाचनको कार्यक्रम पुस २० गतेदेखि शुरु हुने र निर्वाचनमा प्रदेशसभाका ९३ र स्थानीय तहका प्रमुख(उपप्रमुख २७४ गरि ३६७ जना मतदाता रहेको उनले बताए । आगामी फागुन २० गतेदेखि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुने एक सहित २० जनाको कार्यकाल सकिदैछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका