जोडिनुहोस
  • होमपेज
  • हमासको आक्रमणमा मृत्यु भएका नेपालीको परिवारलाई सरकारले दियो १० र १० लाख

हमासको आक्रमणमा मृत्यु भएका नेपालीको परिवारलाई सरकारले दियो १० र १० लाख

हमासको आक्रमणमा परी इजरायलमा मृत्यु भएका नेपाली नागरिकका परिवारलाई सरकारले १०र१० लाख रूपैयाँ क्षतिपूर्ति दिएको छ । अर्थ मन्त्रालयका अनुसार असोज २२ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार यस घटनामा परी निधन भएका नागरिकका परिवारलाई राहत स्वरुप प्रति परिवार १० लाखका दरले आर्थिक सहायता उपलब्ध गराइएको हो ।

यसका लागि मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुलाई रकम निकासा दिएको मन्त्रालयको विवरणमा उल्लेख छ ।

यस्तै मन्त्रालयले राष्ट्रपति रामचन्द्र पौडेलको उपचारका लागि समेत ९ लाख ९५ हजार रुपैयाँ निकासा दिएको पनि जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका