जोडिनुहोस
  • होमपेज
  • शिक्षा विधेयक सकेसम्म सर्वसम्मत, नभए नियमित प्रक्रियाबाट टुङ्गिन्छ : सभामुख

शिक्षा विधेयक सकेसम्म सर्वसम्मत, नभए नियमित प्रक्रियाबाट टुङ्गिन्छ : सभामुख

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षासम्बन्धी विधेयक नियमित प्रक्रियाबाट टुङ्ग्याउने बताएका छन् ।

आयरल्याण्डको ५ दिने भ्रमण सकेर आइतबार स्वदेश फर्केका उनले त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुराकारी गर्दै उक्त कुरा बताएका हुन् । विधेयक सकेसम्म सर्वसम्मत र नभए नियमित प्रक्रियाबाट टुङ्ग्याउने उनको भनाइ ।

‘जे हुन्छ, त्यही हुन्छ । संसदमा दर्ता भएको विधेयक सकेसम्म सर्वसम्मत नभए नियमित प्रक्रियाबाट टुङ्ग्याइन्छ’, पत्रकारले सोधेको प्रश्नमा उनले भने ।

यस्तै आयरल्यान्डमा बसोबास गरेका नेपालीहरूको बारेमा त्यहाँका सभामुखको चिन्ता जनाएको उनले जानकारी दिए । आफ्नो देश बनाउन नेपालीहरूको ठुलो योगदान रहेको र उहाँहरूलाई सहुलियत दिएर सकेसम्म उतै राख्न चाहेको कुराकानीमा बताएको घिमिरेको जिकिर छ । तीबाहेक आयरल्यान्ड र नेपालको संसदबीचको सम्बन्ध विस्तार गर्न, नेपालको स्वास्थ्य, शिक्षा, कृषि क्षेत्रको विकासमा संसद्, सरकारको तर्फबाट सहकार्य गर्न चाहेको उनले सुनाए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका