जोडिनुहोस
  • होमपेज
  • अङ्ग दानका लागि सबैले प्रोत्साहन गरौँ प्रधानमन्त्री प्रचण्ड

अङ्ग दानका लागि सबैले प्रोत्साहन गरौँ  प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अङ्ग दानका लागि सबैले प्रोत्साहन गर्नुपर्ने बताउनु भएको छ । अङ्ग प्रत्यारोपणबारे सकारात्मक दृष्टिकोण बनाएर आ–आफ्नो ठाउँबाट योगदान गर्न उहाँले सम्पूर्ण नेपालीलाई अपिल गर्नुभएको छ ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र अङ्ग प्रत्यारोपण समाजले काठमाण्डौमा गरेको प्रथम राष्ट्रिय प्रत्यारोपण सम्मेलनमा बोल्दै प्रधानमन्त्री प्रचण्डले मरेपछि खरानी भएर जाने अङ्गहरू दान गर्दा धेरै मानिसले पुनर्जीवन पाउन सक्ने बताउनुभयो ।

उहाँले अङ्ग फेल भइ मृत्युको मुखमा पुगेका बिरामीलाई बचाउने कार्यलाई थप प्रवर्द्धन गर्न सरकारको तर्फबाट सम्पूर्ण किसिमले साथ र सहयोग रहने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । साथै उहाँले नेपालको अङ्ग प्रत्यारोपण उपचारका क्षेत्रमा रहेका जटिलताहरू सम्बोधन गर्दै आउँदा दिनमा थप प्रभावकारी सेवा प्रवाह गर्न यो सम्मेलन महत्त्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका