जोडिनुहोस
  • होमपेज
  • दाङमा बस दुर्घटना हुँदा २० जना घाइते

दाङमा बस दुर्घटना हुँदा २० जना घाइते

काठमाडौँ– दाङमा बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । बर्दियाबाट पिकनिकका लागि हिँडेको भे१ख २०४१ नम्बरको बस आज बिहान तुलसीपुर–अमेलिया सडक खण्डअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–१३ दमार गाउँमा दुर्घटना भएको हो ।

बर्दियाको बढैया ताल गाउँपालिका–६ मैना पोखरमा रहेको पिपरहवा कृषक समूह दाङ चखौरामा पिकनिकका लागि गएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोख्रेलले जानकारी दिए ।

उनका अनुसार तुलसीपुर उपमहानगरपालिका १३ दमारगाँउ वनको उकालोमा दुर्घटना हुँदा करिब २० जना भन्दा बढी घाइते भएका छन् ।

घाइतेहरूलाई उद्धार गरी तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल पठाइएको छ । बसमा कति जना यात्रु थिए भन्ने बारेमा अझै खुल्न नसकेको पोख्रेलले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका