जोडिनुहोस
  • होमपेज
  • अहिलेको अवस्थामा राजतन्त्रको बहस नेपालमा सम्भव छैनः ओली

अहिलेको अवस्थामा राजतन्त्रको बहस नेपालमा सम्भव छैनः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको अवस्थामा राजतन्त्रको बहस नेपालमा सम्भव नभएको बताएका छन् । नेपाली कांग्रेसको ४८औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको कार्यक्रममा बोल्दै उनले नेपाली जनता चुसेर गरिब बनाउने सैद्धान्तिक वैचारिक कुनै हिसाबले राजतन्त्र सम्भव नभएको बताएका हुन् ।

उनले कांग्रेसलाई लक्षित गर्दै भने, ‘एकताको कुरा गर्नु भएको राम्रो हो । लोकतन्त्र भनेको प्रतिस्पर्धाको प्रणाली हो यो स्वास्थ्य हुनुपर्छ । हाम्रो कपाल यतिकै फुलेको छैन हामी राजतन्त्र र तानाशाहि आउन दिदैनौ ।’ यसैबीच कार्यक्रममा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीसहितका नेताहरूको उपस्थिति रहेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका