जोडिनुहोस
  • होमपेज
  • सरकारले हामीहरूलाई विभेद गर्‍यो सीके राउत

सरकारले हामीहरूलाई विभेद गर्‍यो सीके राउत

जनमत पार्टीका अध्यक्ष डा। चन्द्रकान्त ९सीके० राउतले सरकारले आफूहरूमाथि विभेद गरेको आरोप लगाउनुभएको छ । आज सोमवार माइतीघर मण्डलामा प्रदर्शनका क्रममा पक्राउ परेसँगै प्रहरी हिरासतबाट छुटेपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष राउतले आफूहरूले निषेधित क्षेत्र नतोडेको तर कला परिषदबाटै प्रहरीले धरपकड गरेको बताउनुभयो । उहाँले मन्त्री र सांसदलाई जुनकुनै बेला पनि समात्ने सरकारले नागरिकलाई कस्तो स्वतन्त्रता दिएको होला भन्दै प्रश्नसमेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘आजको दिन हामीले धेरै पहिलादेखि धोती दिवस मनाउँदै आएका छौँ र यो दिन देशले राष्ट्रिय पोसाक दिवसका रूपमा मनाउँदै आएको छ । जसको जे भेषभुषा हो त्यो मनाउन पाउनुपर्छ भनेर नै मनाइएको हो । निषेधित क्षेत्रभित्र गयो भन्ने गलत प्रचार भएको छ । हामी निषेधित क्षेत्रभन्दा टाढा कला परिषद् छेउमा जम्मा भएका थियौँ, त्यहाँ नै प्रहरीले धरपकड गरेको थियो । सबैलाई एकाएक समातेर हिरासतमा लिँदा आमनागरिकलाई कस्तो स्वतन्त्रता होला रु मन्त्री र सांसदहरूलाई जति बेला पनि पक्राउ गर्ने हो भने कस्तो खालको प्रहरी प्रशासन छ भन्ने प्रश्न उठ्छ । यो यतिमै सकिँदैन । हामी संसदमा छलफल प्रस्ताव लग्छौँ । समितिमा पनि प्रश्न उठ्छ ।’

अध्यक्ष राउतले सरकारले रङ्गभेदी विभेद गरेको भन्दै यो कुरा संसद् र समितिमा प्रस्तावका रूपमा लैजाने बताउनुभयो । उहाँले मधेसी मूलकी मन्त्री भएकै कारण सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीलाई पक्राउ गरेको जिकिर गर्नुभयो । उहाँले अन्य पार्टीको राष्ट्रिय अध्यक्षलाई सरकारले यसरी समात्न सक्छ भन्दै प्रश्न गर्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका