जोडिनुहोस
  • होमपेज
  • कञ्चनपुरमा अहेबमाथि कुटपिट

कञ्चनपुरमा अहेबमाथि कुटपिट

कञ्चनपुर( कञ्चनपुरको श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रका अहेब नरेन्द्रप्रसाद गैरेमाथि मादक पदार्थ सेवन गरेका व्यक्तिले कुटपिट गरेका छन् । केन्द्रले बुधबार विज्ञप्ति जारी गर्दै असोज २ गते राति ड्युटीमा रहेका गैरेमाथि अस्पताल आएका व्यक्तिले ‘टाँका लगाउने धागो किन नभएको’ भन्दै कुटपिट गरेको जनाएको छ । गैरेमाथि आक्रमण गर्ने बेलौरी–३, गोकुलपुरका रामु भनिने रामबहादुर खड्का रहेका छन् । सीसीटीभी फुटेजमा दुई पक्षबीच केही समय भनाभन भएको र सुरक्षा गार्ड आएर छुट्याएपछि पनि खड्काले धम्क्याउँदै उपचार कक्षबाट बाहिरिएको देखिएको छ । कुटपिटपछि पनि अहेबले घाइतेको उपचार गरेको सीसीटीभी फुटेजमा देखिएको छ । घटनाबारे उजुरी गर्न बुधबार बिहान इलाका प्रहरी कार्यालय पुग्दा पीडितप्रति नै आक्षेप लगाउने खालको प्रतिक्रिया दिएको र दिउँसोसम्म पनि आक्रमणकारीलाई पक्राउ नगरिएको विज्ञप्तिमा उल्लेख छ ।दोषीलाई कानुनी कारबाही नगरेसम्म बिहीबारदेखि आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने केन्द्रले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका