जोडिनुहोस
  • होमपेज
  • ‘हावा प्रोजेक्ट २.०’ : वैकल्पिक ऊर्जाका रुपमा हावाबाट विद्युत निकाल्न सम्भव छ ?

‘हावा प्रोजेक्ट २.०’ : वैकल्पिक ऊर्जाका रुपमा हावाबाट विद्युत निकाल्न सम्भव छ ?

काठमाडौँ । नेपाल इन्जिनियरिङ कलेज (नेक)मा हावाबाट विद्युत उत्पादन गर्ने सम्भाव्यता अध्ययन गर्ने परियोजना अघि बढाइएको छ ।

जापान इनर्जी सेफ्टी एशोसिएसन (जेइएसए) को सहयोगमा नेकले ‘हावा प्रोजेक्ट २.०’ सञ्चालन गरेको हो । सो प्रोजेक्टका लागि जेइएसएले आवश्यक उपकरणहरूसमेत उपलब्ध गराएको छ ।

‘हावा प्रोजेक्ट २.०’ अन्तर्गत चाँगुनारायण नगरपालिका क्षेत्रभित्र जेइएसएले नेकका विद्यार्थीहरूसँगको सहकार्यमा हावाबाट विद्युत उत्पादन गर्न सकिने विषयमा सम्भाव्यता अध्ययन गर्नेछ ।

‘यसअघि पनि नेकसँग सहकार्य गरेर ‘हावा प्रोजेक्ट’ चलाएका थियो । त्यसलाई पुनः नियमितता दिनका लागि ‘हावा प्रोजेक्ट २.०’ ल्याइएको हो । यसले नेपालमा हावाबाट कसरी विद्युत निकाल्न सकिन्छ, सम्भाव्यता अध्ययन र अनुसन्धान गर्नेछ ।

प्रोजेक्टमा नेकमा अध्ययनरत सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्स, इलेक्ट्रिकल एण्ड कम्युनिकेसनका विद्यार्थीहरूलाई सहभागिता गराउँदै हावा इनर्जी डेभलपमेन्ट ग्रुप गठन गरिएको छ ।

जेइएसएका इन्जिनियरिङ सल्लाहकार एत्सुओ किरिहराले जापानमा हावाबाट विद्युत निकाल्ने कार्य धेरै अगाडिबाट भइरहेको बताउँदै नेपालमा पनि हावाबाट विद्युत निकाल्न सम्भव रहेको जिकिर गरे ।

२०७२ सालको विनाशकारी भूकम्पपछि नेपाल आएका एत्सुओ किरिहराले नेपालका कुनकुन स्थानमा हावाबाट विद्युत निकाल्न सम्भव छ भन्ने सोध र अनुसन्धान गरिरहेका छन् । ‘अहिले विश्वभर आणविक उर्जाको विकल्पमा वैकल्पिक उर्जा खोज, उपयोगमा जोड दिइँदै आइएको छ । नेपालमा पनि जलश्रोत पछिको वैकल्पिक ऊर्जाका रुपमा हावाबाट विद्युत निकाल्न सम्भव छ,’ उनले भने । उनका अनुसार, नेपालमा जनवरीदेखि मे सम्म हावाबाट विद्युत निकाल्न सकिन्छ । त्यससँगै सौर्य ऊर्जा समेत उत्पादन गर्न सकिने उनको दावी छ ।

नेकका भिजिटिङ प्रोफेसर समेत रहेका ७२ वर्षीय किरिहराले जापान लगायत विकसित देशहरूले न्यूक्लियर उर्जा विस्थापित गर्ने कार्य थालनी गरेकाले नेपालले पनि जलविद्युतको विकल्पका रुपमा वैकल्पिक ऊर्जातर्फ अग्रसर हुँदा दिगो विकासको लक्ष्य समेत हासिल गर्न सहयोग पुग्ने बताए ।

अब चाँगुनारायण नगरपालिका क्षेत्रका विभिन्न घरहरूमा हावाको गति मापन गरिने उपकरण जडान गरिनेछ । त्यसको डेटा संकलन भने नेकलाई हस्तान्तरण गरिएको डिभाइसमा संकलन गरी अध्ययन गरिनेछ । सो प्रोजेक्ट २०२४ देखि २०२६ सम्म सञ्चालन हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका