जोडिनुहोस
  • होमपेज
  • जयशंकरको राजनीतिक भेटः शीतलनिवासलगत्तै सिंहदरबार पुगेर प्रधानमन्त्रीसँग भेट

जयशंकरको राजनीतिक भेटः शीतलनिवासलगत्तै सिंहदरबार पुगेर प्रधानमन्त्रीसँग भेट

काठमाडौं – भारतीय विदेश मन्त्री एस जयशंकरले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमै पुगेर प्रधानमन्त्री पुष्पकमल दाहालसँग राजनीतिक भेटघाट गरेका छन्।

शीतलनिवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेलगत्तै उनी सिंहदरबार पुगेर प्रधानमन्त्री दाहालसँग भेट गर्न पुगेका हुन्। नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन जयशंकर बिहान काठमाडौं आएका हुन्।

जयशंकरले अपरान्ह कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीसँग छुट्टाछुट्टै भेट्ने कार्यक्रम छ। साँझ सवा ६ बजे परराष्ट्रमन्त्री एनपी साउदले होटल सोल्टीमा आयोजना गरेको रात्रिभोजमा जयशंकर सहभागी हुनेछन्।

भोलि बिहान ८ बजे उनी पशुपतिनाथ पुग्ने र ९ बजे त्रिवि पुस्तकालय तथा भूकम्पपछिको पुनर्निर्माण परियोजनाको उद्घाटन गर्ने कार्यक्रम छ।

दुईदिने भ्रमण सकेर उनी भोलि नै नयाँदिल्ली फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका