जोडिनुहोस
  • होमपेज
  • गठबन्धनको बैठक  राष्ट्रियसभामा सिट बाँडफाँडबारे छलफल

गठबन्धनको बैठक  राष्ट्रियसभामा सिट बाँडफाँडबारे छलफल

सत्ता गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनका दलहरूबीच राष्ट्रियसभा उम्मेदवार तय गर्न र सिट बाँडफाँड गर्न बैठक सुरु भएको हो । शनिबार बिहान पनि चार दलबीच बैठक बसेको थियो । अहिले सुरुमा चार दलले बैठक सुरु गरेका थिए । पछि अन्य दलहरू थपिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादी मुख्य निर्णायक भूमिकामा छन् । यसबाहेक सत्ता गठबन्धनमा नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा पनि छन् ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका