जोडिनुहोस
  • होमपेज
  • लुम्बिनीमा दुई सिटका लागि सात जनाको उम्मेदवारी

लुम्बिनीमा दुई सिटका लागि सात जनाको उम्मेदवारी

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा २ सिटका लागि सात जनाको उम्मेदवारी परेको छ । महिला कोटामा ३ जना र अन्य कोटामा ४ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले जानकारी दिए । महिला कोटामा नेकपा एमालेबाट तुलसा केसी, गठबन्धनबाट नेपाली कांग्रेसकी विष्णु कुमारी सापकोटा र राप्रपाबाट विजयलक्ष्मी सिंहको उम्मेदवारी परेको छ । त्यस्तै अन्यबाट एमालेका झपिन्द्रबहादुर घर्ती क्षेत्री, गठबन्धनबाट माओवादीका झक्कु सुवेदी, राप्रपाबाट निरञ्जन कुमार थापा र जनमत पार्टीका वालगोविन्द चौधरीले उम्मेदवारी दर्ता गराएका छन । राष्ट्रियसभा सदस्यमा लुम्बिनी प्रदेशबाट अनिता देवकोटा र कुमार दसौँदीकोे कार्यकाल सकिएपछि निर्वाचन हुन लागेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका