जोडिनुहोस
  • होमपेज
  • युक्रेन युद्धको वार्षिकी अगाडि बाइडेनको सरप्राइज भ्रमण

युक्रेन युद्धको वार्षिकी अगाडि बाइडेनको सरप्राइज भ्रमण

काठमाडौं । रुस– युक्रेन युद्धको वर्षगाँठ आउन लाग्दा अमेरिकी राष्ट्रपति जो बाइडेन अचानक युक्रेन पुगेका छन् । युक्रेन उत्रेका बाइडेनलाई उनका युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीले भव्य स्वागत गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘केइभमा स्वागत छ जोसेफ बाइडेन । सबै युक्रेनीको साथको लागी यो भ्रमण धेरै महत्त्वपूर्ण संकेत हो ।’

युक्रेनको राजधानी केइमा अचानक उत्रेका बाइडेनले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेट गरेर सार्वजनिक सम्बोधन गरेका छन् ।

सम्बोधनमा बाइडेनले युक्रेनीले नायक भएर रुससँग लड्दासम्म अमेरिकी साथ र सहयोग हुने प्रतिबद्धता जनाएका छन् । बिबिसीका अनुसार बाइडेनले पुटिनको युद्धले हारेको बताएका छन् ।

जर्मन मिडिया डीडब्लुका अनुसार बाइडेनले युक्रेनमा पाँच घण्टा बिताएका छन् ।सन २०२२ फेब्रुअरी २४ मा रुस र युक्रेन तनाव सुरु भएको थियो ।

रुसले सैन्य कारबाही गरेपछि सुरु भएको तनावमा हजारौँको ज्यान गएको छ भने लाखौँ विस्थापित भएको विश्व मिडियाले उल्लेख गरेका छन्। आज युक्रेन ओर्लेका बाइडेन आजै युक्रेनको छिमेकी पोल्यान्ड पुग्दै छन् । उनी पोल्यान्डको तीन दिने राजकीय भ्रमणमा छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका