जोडिनुहोस
  • होमपेज
  • एकवर्षे कार्यकाल उपलब्धिमूलक  मुख्यमन्त्री जमकट्टेल

एकवर्षे कार्यकाल उपलब्धिमूलक  मुख्यमन्त्री जमकट्टेल

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले आफ्नो नेतृत्वको सरकारले धेरै सकारात्मक काम गरेको दाबी गर्दै आफ्नो एकवर्षे कार्यकाल कामका दृष्टिले उपलब्धिमूलक रहेको बताएका छन् । आफ्नो नेतृत्वमा सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा सरकारले गरेका प्रमुख कार्य सार्वजनिक गर्दै मुख्यमन्त्री जमकट्टेलले यस अवधिमा प्रदेश सरकार तथा कानुनी मन्त्रिपरिषद्का २४ बैठक सञ्चालन भई एक सय ३८ निर्णय गरिएको साथै प्रदेशसभासमक्ष पेस भएका सातवटा ऐन जारी भएको जानकारी दिए ।

प्रदेश सरकारलाई संस्थागत र सुदृढ बनाउनका लागि आवश्यक कानुन तथा नीतिहरू तर्जुमा गरिएको भन्दै मुख्यमन्त्री जमकट्टेलले प्रदेश सरकारको दोस्रो आवधिक योजना तयारीको कार्य सुरु गरिएको जानकारी दिए । प्रदेश सरकार मातहतका मन्त्रालय, निकाय र कार्यालय स्थापना गरी सबै जिल्लाबाट सेवा सञ्चालन गर्ने, भौतिक पूर्वाधार र आवश्यक जनशक्तिको प्रबन्ध र कर्मचारी वृत्तिविकासका कार्यमा उल्लेखनीय उपलब्धि हासिल भएको उनले बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका