जोडिनुहोस
  • होमपेज
  • पशुपतिमा गाँजा बेचेको आरोपमा ५ जना पक्राउ

पशुपतिमा गाँजा बेचेको आरोपमा ५ जना पक्राउ

पशुपतिमा गाँजाको व्यापार गरेर शान्ति सुरक्षामा असर पुर्‍याएको भन्दै लागूऔषध नियन्त्रण ब्यूरो एनसीबी काठमाडौंको टोलीले छापा मारेको छ । पशुपति क्षेत्रमा बसेर गाँजा बेचेको आरोपमा एनसीबीको टोलीले ५ जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट ८ सय ३८ ग्राम लागूऔषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ । ब्यूरोका अनुसार, गौशालाको ओरालोबाट गाँजा विक्री गर्दै गरेको अवस्थामा केहीलाई पक्राउ गरिएको थियो भने केहीलाई शव दाहगृह नजिकैबाट समातिएको हो ।पक्राउ परेकाहरुलाई प्रहरी वृत्त, गौशाला बुझाइएको जनाइएको छ । गाँजाको विक्रीबारे अनुसन्धान गरिदिन भन्दै पशुपति क्षेत्र विकास कोषले ब्यूरोलाई अनुरोध गरेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका