जोडिनुहोस
  • होमपेज
  • आज २०८० साल माघ २ गते मंगलबारको राशिफल

आज २०८० साल माघ २ गते मंगलबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेषः दिन राम्रो छ। मित्रसँग भेट हुनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। पारिवारिक सम्बन्धमा शंका रहने छ। आज वैदेशिक यात्रा नगर्नु राम्रो हुन्छ।

वृषः समय राम्रो छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो फाइदा हुन्छ। हरेक क्षेत्र सबल छन्। परिवारबाट राम्रो साथ र सहयोग रहने छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुनः दिन राम्रो छ। ठुला मान्छेको साथ र सहयोग रहनेछ। अचानक नयाँ कुरा सुनेर मन प्रशन्न हुनेछ। परिवारमा भने अविश्वासको खतरा देखिन्छ।

कर्कटः दैनिकी सामान्य छ। राम्रो काम गरे पनि नराम्रोको खोजी हुनेछ। इष्टमित्रसँग सहकार्य गर्दा सचेत हुनुपर्छ। परिवारको साथ रहने छ। प्रेम सम्बन्ध सफल हुनेछ।

सिंहः दिन राम्रो छ। सबै क्षेत्र सबल छन्। श्रम र लगानीको क्षेत्रमा फाइदा हुनेछ। परिवारमा झगडा हुनसक्छ। बहस गर्नुभन्दा आफ्नो तर्क प्रष्टसँग राख्नु राम्रो हुन्छ। प्रेममा खटपटी हुनेछ।

कन्याः दिन सामान्य छ। स्वास्थ्यमा समस्या हुनसक्छ। साथीले गल्ती खोजिरहेकाले साथीसँग सचेत हुनुपर्ने देखिन्छ। परिवारबाट साथ र सहयोग मिल्नेछ।

तुलाः दिन राम्रो छ। हरेक क्षेत्र सबल छन्। व्यापार लेनदेन र स्वास्थ्य क्षेत्र राम्रो छ। सामाजिक क्षेत्रमा सम्मान हुनेछ। आर्थिक क्षेत्रमा फाइदा हुनेछ। पारिवारिक सम्बन्ध सुमधुर रहेन छ।

वृश्चिकः समय सामान्य छ। अरु भन्दा पहिला बोलेर अगाडि बढ्ने योग छ। स्वास्थ्य र शिक्षामा सोचेजस्तो नतिजा प्राप्त नहुन सक्छ।
खानपानमा ख्याल गर्नुपर्ने देखिन्छ। परिवारमा खटपट हुने देखिन्छ।

धनुः दिन सामान्य छ। स्वास्थ्यमा समस्या हुनसक्छ। वैदेशिक क्षेत्रमा गरेको श्रम लगानीबाट लाभ हुनेछ। परिवारको साथ मिल्नेछ।

मकरः समय सामान्य छ। सञ्चित धन खर्च हुने देखिन्छ। खर्च गर्दा पनि कसैलाई चित्त बुझाउन सकिँदैन। आफ्नो योजना अरुलाई नसुनाउनु राम्रो हुन्छ।

कुम्भः दिन राम्रो छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। आफ्नो योजना अरुलाई नसुनाउनु नै फाइदा हुनेछ।

मीनः दिन राम्रो छ। धन कमाउने समय हो। व्यापारमा फाइदा हुनेछ। मन खुशी हुनेछ। परिवारमा मनमुटाव हुनसक्छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका