जोडिनुहोस
  • होमपेज
  • अर्थमन्त्री महतले तारकेश्वरमा शिव पुराण उद्घाटन गर्ने

अर्थमन्त्री महतले तारकेश्वरमा शिव पुराण उद्घाटन गर्ने

काठमाडौंको तारकेश्वर नगरपालिकाले पौराणिक तारकेश्वर मन्दिरमा शिव महापुराण आयोजना गर्ने भएको छ। नगरपालिकाले ११ देखि २३ माघसम्म वडा नम्बर ३ पाँचमानेमा रहेको तारकेश्वर महादेव मन्दिरमा शिवपुराण आयोजना गर्न लागेको मेयर कृष्णहरि महर्जनले जानकारी दिए । नगरपालिकाका अनुसार वाचक गुरु नारायण चतुर्व्युहले शिवपुराणमा कथा वाचन गर्नेछन् । ११ माघ बिहान ११ बजे शोभा कलश यात्रा, सोही दिन पूर्वाङ्ग, दिउँसो ३ बजे शिवपुराण उद्घाटन अर्थमन्त्री डा प्रकाशशरण महतले गर्नेछन् । यसैगरी २२ माघमा लक्ष्यबत्ती दीप प्रज्वलन र कार्यक्रम समापन २३ माघ दिउँसो ३ देखि ५ बजेसम्म हुनेछ । शिवपुरी पहाडको काखमा रहेको तारकेश्वर महादेव मन्दिर हिन्दु धर्मालम्बीको महत्वपूर्ण धार्मिक तीर्थस्थल हो। तारकेश्वर नगरपालिकामा पौराणिक तारकेश्वर महादेव मन्दिर, गुह्येश्वरी, मनमैजु, धर्मस्थली, जयन्तीपुर भुवनेश्वरी, शान्तिधाम बालकुमारी मन्दिर, सिद्धेश्वर, सिम्लेश्वरलगायत तीर्थस्थल छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका