जोडिनुहोस
  • होमपेज
  • प्रेरणाको स्रोत भन्दै पूर्वराष्ट्रपति भण्डारीले गरिन् ओलीको तारिफ

प्रेरणाको स्रोत भन्दै पूर्वराष्ट्रपति भण्डारीले गरिन् ओलीको तारिफ

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्ष केपी ओलीलाई प्रेरणाको स्रोत भन्दै तारिफ गरेकी छन् । समकालीन नेतामा ओली सर्वाधिक प्रतिभाशाली भएको उनको टिप्पणी छ ।

ओलीका सम्बोधन समेटेर प्रकाशित भएको पुस्तक ‘संसदमा केपी शर्मा ओली’को मंगलवार विमोचन गर्दै भण्डारीले समकालीन नेतामा ओली पृथक् पहिचान भएको नेता भएको बताएकी हुन् । उनले ओलीलाई राजनीतिका साथै कला, साहित्य, विज्ञान तथा धर्म र दर्शनमा गहन ज्ञान भएका व्यक्तित्व भनेर तारिफ गरेकी छन् ।

‘केपी शर्मा ओलीज्यू समकालीन नेतामा पृथक पहिचान बनाउनु भएको नेता हुनुहुन्छ, सर्वाधिक प्रतिभाशाली नेताको रुपमा उच्च स्थान प्राप्त गर्न सफल एमालेको अध्यक्ष र प्रधामनन्त्री भइसकेको व्यक्ति हुनुहुन्छ,’ भण्डारीले भनिन्, ‘राजनीतिका साथै कला साहित्य, धर्म गहन ज्ञान भएको नेता हुनुहुन्छ । सघन अध्ययन र लामो संघर्षले खारिनु भएका नेता हामी सबैका प्रेरणा र ज्ञानको स्रोत हुनुहुन्छ ।’

एक वर्षअघि राष्ट्रपतिबाट निवृत्त भएपछि भण्डारी त्यति धेरै सार्वजनिक कार्यक्रममा देखिएकी छैनन् । धेरै पछि उनी ओलीसम्बन्धी पुस्तक विमोचन गर्न घर बाहिर निस्केकी हुन् । केही समयअघि एमालेमा नयाँ नेतृत्वमा भण्डारीलाई ल्याउने चर्चा चलेसँगै ओली रुष्ट बनेका थिए ।

भण्डारी राजनीतिमा सक्रिय भएमा आफ्नो भविष्य संकटमा देखेका ओलीले त्यसलगत्तै पार्टीको विधानबाट ७० वर्षे उमेरहद प्रावधान हटाउन लगाएका थिए । भण्डारी निकट नेताहरू अहिले एमालेमा ओलीको कोपभाजनमा परेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका