जोडिनुहोस
  • होमपेज
  • पश्चिमका धेरै ठाउँमा हल्का वर्षा, काठमाण्डौसहितका पहाडी क्षेत्रमा पनि फाट्टफुट्ट पानी पर्ने सम्भावना

पश्चिमका धेरै ठाउँमा हल्का वर्षा, काठमाण्डौसहितका पहाडी क्षेत्रमा पनि फाट्टफुट्ट पानी पर्ने सम्भावना

सुुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका धेरै ठाउँमा हल्का वर्षा भएको छ । बिहान दिपायलमा सबैभन्दा धेरै ११ दशमलव ३ मिलिमिटर पानी परेको छ । यस्तै डडेलधुरामा ९, धनगढीमा ६ दशमलव ५, वीरेन्द्रनगरमा ४ दशमलव २, जुम्लामा २ दशमलव ४ मिलिमिटर पानी परेको छ । तीनवटा प्रदेशका धेरै ठाउँमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भैरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् मिनकुमार अर्यालका अनुसार आज बेलुकीसम्म काठमाण्डौसहित बाग्मती, गण्डकी र कोशी प्रदेशका पहाडी क्षेत्रमा पनि फाट्टफुट्ट पानी पर्ने सम्भावना छ ।

तर, मधेश प्रदेश र कोशी प्रदेशका तराई भेगमा भने तत्काल पानी पर्ने सम्भावना नदेखिएको उहाँले बताउनुुभयो । अस्ति पश्चिमबाट भित्रिएको पश्चिमी वायुको प्रभाव आज रातिसम्म रहने र फेरि पानी पार्न सक्ने अर्को प्रणाली भित्रिने सम्भावना रहेको पनि उहाँको भनाइ छ । मध्य तथा पूर्वी तराईका थोरै ठाउँहरुमा बिहानपख हुस्सु लागेको र अब धेरै ठाउँमा हुस्सु हट्दै जाने महाशाखाले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका