जोडिनुहोस
  • होमपेज
  • सरकारका दुई तयारी नर्सिङको प्रतिबन्ध खोल्ने, चिकित्सा ऐन फेर्ने

सरकारका दुई तयारी  नर्सिङको प्रतिबन्ध खोल्ने, चिकित्सा ऐन फेर्ने

एक सय शैयाको आफ्नै अस्पताल नभएका नर्सिङ कलेजहरुमाथि सरकारले लगाएको प्रतिबन्ध हटाउने भएको छ । यो प्रतिबन्ध हटेपछि ती कलेजहरुले नर्सिङ कक्षा सञ्चालन गर्न पाउने छन् । त्यसैगरी विदेशी विद्यार्थीलाई नेपालमा भित्र्याउने लक्षका साथ सरकारले चिकित्सा शिक्षा ऐन संशोधनको तयारीसमेत थालेको छ ।

चिकित्सा शिक्षा ऐनमा भएको फेजआउट सम्बन्धी प्रावधानलाई लागू गर्दै सरकारले १०० बेडको अस्पताल चलाउन नसक्ने शिक्षण संस्थाले नर्सिङ विषय पढाउन नपाउने नियम लागू गरेको थियो । सरकारको यो निर्णयसँगै सीटीईभीटीबाट सम्बन्धन लिएका करिब ७८ वटा नर्सिङ कलेजहरु बन्द भएका थिए । ऐनले तोकेको मापदण्ड नपुगेका ती कलेजहरु बन्द भएपछि कयौं विद्यार्थीले नर्सिंङ पढ्न नपाएको र विदेशिनुपरेको आरोप दुर्गा प्रसाई लगायतका मेडिकल व्यवसायीहरुले लगाउँदै आएका थिए । यही तर्कमा सहमत भएर सरकारले नर्सिङ कक्षामा लगाएको मापदण्ड खुकुलो गराई प्रतिबन्ध फुकाउन लागेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका