जोडिनुहोस
  • होमपेज
  • युरोपेली देशमा भइरहेको किसान आन्दोलनलाई समर्थन गर्दै माल्टामा प्रदर्शन

युरोपेली देशमा भइरहेको किसान आन्दोलनलाई समर्थन गर्दै माल्टामा प्रदर्शन

युरोपियन देशमा भइरहेको किसानको आन्दोलनलाई समर्थन गर्दै माल्टाका किसानले पनि प्रदर्शन गरेका छन् । युरोपका किसानले एक हप्तादेखि उत्पादनले उचित बजार भाउ नपाएको, लागत धेरै भएको र युरोपियन युनियन ईयूले किसान र कृषि क्षेत्रमा लगाएका नियमहरु किसानमैत्री नभएको भन्दै किसानहरुले प्रदर्शन गर्दै आएका छन् । यही आन्दोलनमा ऐक्यबद्धता जनाएर माल्टाले समेत विरोध प्रदर्शन गरेको हो ।

यो प्रदर्शन १९८२ मा सक्रिय किसान संघ र खाद्य क्षेत्रसँग सम्बन्धित अरु निकायले गरेको आन्दोलनपछि माल्टाको कृषि क्षेत्रमा पहिलो पल्ट विरोध भएको चिनियाँ सञ्चार माध्यम सिन्ह्वाले जनाएको छ । बेल्जियमलगायत अन्य युरोपेली देशहरूमा किसानले आफ्ना ट्र्याक्टरहरूमा विरोध कार्यक्रमका ब्यानरहरू टाँसेका खबरमा उल्लेख छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका