जोडिनुहोस
  • होमपेज
  • संसदका नव नियुक्त महासचिव पाण्डेयले लिए शपथ

संसदका नव नियुक्त महासचिव पाण्डेयले लिए शपथ

काठमाडौं । संघीय संसदका नव नियुक्त महासचिवमा पद्मप्रसाद पाण्डेयले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

केहीबेरअघि सभामुख देवराज घिमिरेले संघीय संसदको लोत्से हलमा पाण्डेयलाई शपथ ग्रहण गराएका हुन् । सो कार्यक्रममा उपसभामुख इन्दिरा राना, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङलगायतको उपस्थिति रहेको थियो ।

राष्ट्रपति कार्यालयले समेत पाण्डेयको नागरिकताको विवादबारे उल्लेख गर्दै नियुक्तिमा ढिलाइ गरिरहेको थियो । त्यसपछि माघ ३ मा नियुक्तिका लागि सभामुख र राष्ट्रिय सभाका अध्यक्षले पुन राष्ट्रपतिसमक्ष स्मरणपत्र पठाएका थिए । पाण्डेय सिफारिस हुँदा संसद्को सचिव पदमै कार्यरत भएको भन्दै महासचिव नियुक्त गर्न नमिल्ने अडान राष्ट्रपति कार्यालयले राखेको थियो ।

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को महासचिवमा पाण्डेयलाई नियुक्त गरेका थिए । मंसिर २५ गते पाण्डेयलाई महासचिवका लागि राष्ट्रपतिसमक्ष प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभा अध्यक्षले संयुक्त सिफारिस गरेका थिए । तर, दोहोरो नागरिकतासम्बन्धी विवाद आएपछि पाण्डेयको नियुक्तिमा ढिलाइ भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका