जोडिनुहोस
  • होमपेज
  • जलवायु परिवर्तनका असरलाई प्रकृतिमा आधारित समाधान गर्ने पहल शुरु

जलवायु परिवर्तनका असरलाई प्रकृतिमा आधारित समाधान गर्ने पहल शुरु

नेपालमा जलवायु परिवर्तनका असरलाई प्रकृतिमा आधारित समाधान गर्नका लागि विश्व वन्यजन्तु कोष डब्ल्यूडब्ल्यूएफ नेपाल र अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको महासङ्घ आईएफआरसी बीच साझेदारी भएको छ ।

नेपालजस्ता विकासोन्मुख देशहरूमा बढ्दो जलवायु परिवर्तनको प्रभाव र मौसमसम्बन्धी प्रकोपलाई सम्बोधन गर्न तथा जलवायु सङ्कटको प्रकृतिमा आधारित समाधानबाट लाभ उठाउने उद्देश्यले काम अघि बढाइने छ । डब्ल्यूडब्ल्यूएफ नेपाल र आईएफआरसीबीचको साझेदारी र संयुक्त विशेषज्ञताले नेपालमा भइरहेको जलवायु सङ्कट, उदीयमान जोखिम र सामाजिक चुनौती सम्बोधन गर्न योगदान हुने विश्वास छ । दुवै संस्थाले सरकार, साझेदार निकाय, विकास साझेदार र निजी क्षेत्रसँगको स्थानीय कार्य र सहयोगमार्फत जलवायु अनुकूलन रणनीतिमा प्रकृतिलाई एकीकृत गर्ने लक्ष्य राखेका छन् ।

डब्ल्यूडब्ल्यूएफ वन्यजन्तु र वातावरण संरक्षणका क्षेत्रका कार्यरत सन् १९६१ मा स्थापना भएको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हो भने आईएफआरसी १९१ राष्ट्रिय समाजमार्फत एक करोड ६० लाखभन्दा बढी सङ्कटासन्न नागरिकमा पुग्ने विश्वको ठूलो मानवीय सहायता सञ्जाल हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका