जोडिनुहोस
  • होमपेज
  • पहिलो पटक विश्वव्यापी तापक्रम एक वर्षमै १ दशमलव ५ डिग्री सेल्सियसभन्दा धेरैले बढ्यो

पहिलो पटक विश्वव्यापी तापक्रम एक वर्षमै १ दशमलव ५ डिग्री सेल्सियसभन्दा धेरैले बढ्यो

पहिलो पटक विश्वव्यापी तापक्रम एक वर्षमै एक दशमलव पाँच डिग्री सेल्सियसभन्दा धेरैले बढेको छ । युरोपेली सङ्घको जलवायु सेवाका अनुसार तापक्रमको रेकर्ड राख्न थालेपछि अहिलेसम्म विश्वको तापक्रम एक वर्षमा एक दशमलव पाँच डिग्री सेल्सियसले बढेको थिएन । विश्वका नेताहरूले सन् २०१५ मा दीर्घकालीन तापक्रम वृद्धिलाई एक दशमलव पाँच डिग्री सेल्सियससम्म सीमित गर्ने प्रतिज्ञा गरेका थिए । यदि विश्वव्यापी तापक्रमलाई अब १ दशमलव ५ प्रतिशतभन्दा धेरै बढ्न नदिएमा जलवायु परिवर्तनको सबैभन्दा हानिकारक प्रभावबाट बच्न सकिने विभिन्न अध्ययनहरूले देखाएका छन् । संयुक्त राष्ट्र सङ्घको लक्ष्य पनि यही हो । तर गएको अंग्रेजी वर्ष अर्थात् सन् २०२३ को फेब्रुअरीदेखि यो वर्षको जनवरीसम्म विश्वको तापक्रम वृद्धि एक दशमलव ५२ डिग्री सेल्सियल्स पुगेको हो ।

कार्बन उत्सर्जन कटौतीमा विश्वव्यापी प्रतिबद्धता पूरा नभएकाले तापक्रम बढेर सङ्कट झनै नजिक आइरहेको विज्ञहरूले बताएका छन् । बेलायतको राष्ट्रिय मौसम विज्ञान समाजका प्रमुख कार्यकारी प्राध्यापक लिज बेन्टले यसले ल्याउने परिणाम खतरापूर्ण हुने चेतावनी दिनुभएको छ । तापक्रम वृद्धिका लागि मानवीय गतिविधि नै मुख्य हुन् । यसलाई सन्तुलनमा राख्नको खनिज इन्धन अर्थात् जीवाश्म इन्धनको प्रयोग निकै नै घटाउनुपर्ने देखिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका