जोडिनुहोस
  • होमपेज
  • पाकिस्तान–नियन्त्रित–कश्मीरका महिलाद्वारा उच्च मुद्रास्फीति, लोडसेडिङको विरुद्ध आन्दोलन

पाकिस्तान–नियन्त्रित–कश्मीरका महिलाद्वारा उच्च मुद्रास्फीति, लोडसेडिङको विरुद्ध आन्दोलन

मुजफ्फराबाद– उच्च मुद्रास्फीति, बारम्बार भईरहेको लोडसेडिङ, बेरोजगारी र मानव अधिकारको जधन्य उल्लङ्घन जस्ता मुद्दाहरूको कारणले गर्दा पाकिस्तान—नियन्त्रित– कश्मीर (पीओके) मा स्थानीयहरु सरकार प्रति क्रोधित भनेका छन् ।

स्थानीय सरकार र केन्द्रयि सरकार विरुद्ध उनीहरुको आक्रोश बढ्दै गएको छ । हालै, मुजफ्फराबाद सहरका महिलाहरूको समूहले सरकार विरुद्ध आफ्नो आक्रोश देखाएको छ र उनीहरुले बढ्दो बिजुलीको बिल, उच्च मुद्रास्फीति, बेरोजगारी र अन्य धेरै मुद्दाहरू उठाएका छन् ।

केन्द्रीय प्रेस क्लब अगाडि भएको विरोध प्रदर्शनमा वकिल र अन्य राजनीतिक कार्यकर्ताको पनि सहभागिता रहेको थियो ।

एक महिला अधिवक्ता र आन्दोलनकारीले भनिन्, ‘दुई महिनादेखि बढेको बिजुलीको बिलको विरोध गर्दै हामी यहाँ सडकमा आएका छौं । हामी निरन्तर लोडसेडिङको समस्याबाट ग्रसित छौं । त्यसैगरी, पहिले चार सयदेखि पाँच सय रुपैयाँसम्म आउने बिजुलीको बिल अहिले बढेर चार हजारदेखि दश हजार रुपैयाँ पुगेको छ ।”

पाकिस्तान नियन्त्रित कश्मीर र गिलगिट बालिस्तानमा लामो समयदेखि लगातार विरोध प्रदर्शनहरू भइरहेको छ । उनीहरुले सरकारले उनीहरूको स्रोतको दुरुपयोग गरेको, भारी कर लगाएको र उच्च मुद्रास्फीति र बेरोजगारी जस्ता उनीहरूको गुनासोलाई वास्ता नगरेको आरोप लगाएका छन्।

यी क्षेत्रका बहुसंख्यक जनताले पनि पाकिस्तानको नियन्त्रणको विरोध गर्दै स्वतन्त्रताको माग गरिरहेका छन्।

दुर्भाग्यवश, सात दशकभन्दा बढी समयदेखि, पाकिस्तानले पीओके र गिलगिट बाल्टिस्तानलाई आफ्नो उपनिवेशको रूपमा प्रयोग गर्दै आएको छ र जनतालाई विकास र समृद्धिको कुनै अवसर नदिई दुर्व्यवहार गरेको छ। –एएनआई

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका