जोडिनुहोस
  • होमपेज
  • एसीसी महिला प्रिमियर कप खेल्ने नेपाली टोलीको विदाई

एसीसी महिला प्रिमियर कप खेल्ने नेपाली टोलीको विदाई

मलेसियामा हुने एसीसी महिला प्रिमियर कपमा सहभागी हुने महिला राष्ट्रिय क्रिकेट टोलीलाई विदाई गरिएको छ । बिहीबार काठमाडौंमा क्यानले महिला राष्ट्रिय क्रिकेट टोलीलाई विदाई गरेको हो । प्रतियोगिता १० देखि १८ फेब्रुअरीसम्म हुनेछ । विदाई कार्यक्रममा महिला राष्ट्रिय क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले आफूहरूको बन्द प्रशिक्षण निकै राम्रो भएको भन्दै महिला टि २० एसिया कपमा क्वालीफाई भएर फर्कने विश्वास व्यक्त गरिन् ।

त्यस्तै मुख्य प्रशिक्षक मनोज कटवाल बन्द प्रशिक्षणमा क्रममा राम्रो अभ्यास भएको नजिता पनि राम्रो आउने बताए । उनले खेलका लागि सवै खेलाडीहरू फिट रहेको उल्लेख गरे । प्रतियोगितामा नेपाल, थाईल्यान्ड, युएई, इन्डोनेसिया, हङकङ, चीन, म्यानमार, भुटान, बहराइन, ओमान, कुवेत, सिंगापुर, जापान, कतार र माल्दिभ्स छन् । फाइनलमा पुग्ने दुई टोलीले आगामी जुलाईमा हुने महिला टि(२० एसिया कप खेल्न पाउनेछन् । उक्त एसिया कपमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र छनोटबाट आउने दुई टोली हुनेछन् ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका