जोडिनुहोस
  • होमपेज
  • युनिलिभर नेपालले भूकम्प पीडितलाई राहत बाँड्यो

युनिलिभर नेपालले भूकम्प पीडितलाई राहत बाँड्यो

युनिलिभर नेपालले पश्चिम नेपालका भूकम्प पीडितलाई राहत प्रदान गरेको छ ।

युनिलिभर नेपालले पश्चिम नेपालको जाजरकोट र रुकुम पश्चिममा भूकम्प पीडितलाई राहत प्रदान गरेको छ । मानवीय सहायताप्रति आफ्नो प्रतिबद्धताको एक हिस्सा स्वरूप प्रभावित क्षेत्रहरूमा अत्यावश्यकीय सहायता सामग्री उपलब्ध गराएको कम्पनीले जनाएको छ ।

युनिलिभर नेपालले हर्लिक्स, सुप, औषधि र औषधोपचार सामग्री, सात सय जना बल्याङ्केट, दुई सय ५० थान पाल र स्थानीयरूपमा खरिद गरिएका खाद्यान्न जाजरकोट र रुकुम पश्चिममा वितरण गरेको छ । युनिलिभर नेपालले स्थानीय निकाय, सङ्घ–संस्था, सङ्गठन र समुदायसँग समन्वय गरेर राहत सामग्री वितरणको काम गरिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका