जोडिनुहोस
  • होमपेज
  • कांग्रेस बैठक ; महामन्त्री थापाले पेस गरे ४६ पृष्ठको प्रतिवेदन

कांग्रेस बैठक ; महामन्त्री थापाले पेस गरे ४६ पृष्ठको प्रतिवेदन

सानेपास्थित पार्टी कार्यालयमा जारी बैठकमा महामन्त्री गगनकुमार थापाले २०८२ मङ्सिरभित्र १५औं महाधिवेशन गरिसक्ने गरी ४६ पृष्ठको प्रतिवेदन पेश गरेका छन् ।महामन्त्री थापाले २०८१ मंसिर १५ भित्र वडा अधिवेशन, मंसिर मसान्तभित्र गाउँ, नगर अधिवेशन र २०८२ भदौ मसान्तभित्र प्रदेश र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनका गर्ने कार्यतालिका पेस गरेका हुन् । जारी बैठकमा फागुन ७ गतेदेखि १० गतेसम्म ललितपुरको गोदावरीमा बस्ने महासमितिको बैठकका लागि उपसभापति एवं उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले तयार पारेको आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक तथा राजनीतिक विषय समेटिएको नीति प्रस्ताव, पार्टीका महामन्त्री गगन थापाले साङ्गठनिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक परिस्थितिको बारेमा प्रतिवेदनबारे छलफल भइरहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका