जोडिनुहोस
  • होमपेज
  • सवारी दुर्घटना राहत कोष स्थापना गर्न सरकारसँग माग

सवारी दुर्घटना राहत कोष स्थापना गर्न सरकारसँग माग

काठमाडौं – देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भवितव्य दुर्घटना राहत कोष स्थापना गर्न सरकारसँग माग गरेको छ।

महासंघका महासचिव डेकनाथ गौतमले बिहीबार विज्ञप्ति जारी गरी पछिल्लो समय दुर्घटना बढेको भन्दै राहत कोष स्थापना गर्न सरकारसँग माग गरेका हुन्।

महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले हालै १० जनाको ज्यान जानेगरी कपिलवस्तुको शिवराज नगरपालिकामा भएको दुर्घटनाको सत्यतथ्य छानबिनको माग गर्दै मृतकको परिवारलाई उचित क्षतिपूर्ति दिन सरकारसँग आग्रह गरे।

उनले दुर्घटनामा घाइते भएकाको उपचारको जिम्मेवारी लिनसमेत सरकारसँग माग गरे। महासंघले देशका विभिन्न भागमा हुने सवारी दुर्घटनामा केन्द्रीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र मजदुर संगठनको सहभागिता रहनेगरी दुर्घटना न्यूनीकरण कार्यदल गठनका लागि सरकारसमक्ष आग्रह गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका