जोडिनुहोस
  • होमपेज
  • निलम्बित कर्मचारीलाई बर्खास्त गर्न प्रदेश लोक सेवा आयोगलाई महानगरको पत्राचार

निलम्बित कर्मचारीलाई बर्खास्त गर्न प्रदेश लोक सेवा आयोगलाई महानगरको पत्राचार

काठमाण्डौ महानगरपालिकाले निलम्बित दुई जना कर्मचारीलाई बर्खास्त गर्न बाग्मती प्रदेश लोक सेवा आयोगलाई पत्राचार गरेको छ । निलम्बित कर्मचारी स्वास्थ्य सेवा विभाग प्रमुख रामप्रसाद पौडल र वरिष्ठ अधिकृत भगवती बिडारीलाई बर्खास्त गर्नका लागि परामर्श दिन महानगरपालिकाले पत्राचार गरेको हो । स्वास्थ्य प्रवर्द्धन केन्द्रमा करारको कर्मचारी नियुक्ति गर्दा कार्यपालिकाको निर्णय किर्ते गरेको फेला परेपछि उनीहरूलाई सेवाबाट हटाउन परामर्श लिएको महानगरपालिकाले जनाएको छ ।मेयर बालेन शाहको सचिवालयमा कार्यरत १० औँ तहका नूरनिधि न्यौपानेको हकमा कार्यपालिकाबाट निर्णय गरेर प्रदेश लोक सेवामा पठाउने भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका