जोडिनुहोस
  • होमपेज
  • महाशिवरात्रिको अवरमा पशुपति मन्दिर परिसरमा नागा बाबाहरुको प्रवेश

महाशिवरात्रिको अवरमा पशुपति मन्दिर परिसरमा नागा बाबाहरुको प्रवेश

काठमाडौं । नेपालमा हरेक वर्ष मनाइँदै आएको महाशिवरात्रिको नजिकिएसँगै छिमेकी मुलुक भारत संगै नेपालका विभिन्न ठाउँबाट नागा बाबा काठमाडौं आउन थालेका छन् । बुधबार विभिन्न ठाउँबाट आएका नागा बाबाहरुले पशुपति मन्दिर परिसरमा प्रवेश गरेका छन् ।

नागा बाबाहरु जन्तीसहित काठमाडौँ आएर अन्नपूर्ण भण्डारबाट पशुपति मन्दिरको प्रवेशद्वार नम्बर १ बाट उनीहरू प्रवेश गरेका हुन् । जोगीका चार सम्प्रदाय सन्न्यासी, वैष्णव, नानक र उदासीमध्ये नागा सन्न्यासीअन्तर्गत पर्छन् । महाशिवरात्रिको अवसरमा काठमाडौँस्थित विश्व सम्पति सुचिमा समावेश भएको पशुपति मन्दिरमा चार थरीका सम्रपदायका बाबाहरु आउने गर्छन् ।

अहिले महाशिवरात्रि पर्व नजिकिएसँगै पशुपतिनाथ मन्दिर परिसरका आवतजावत गर्ने भक्त जनहरुको संख्या वृद्धि भएको छ । पशुपति क्षेत्र विकाश कोषले महाशिवरात्रिमा लागि व्यावस्थापनलाई तिव्रता दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका