जोडिनुहोस
  • होमपेज
  • ‘निर्माणमुखी सामग्री’ विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

‘निर्माणमुखी सामग्री’ विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

‘निर्माणमुखी सामग्री व्यवस्थापन तथा नियमन विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट स्वीकृत भएको छ । सभाको आजको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले प्रस्तुत गरेको उक्त प्रस्ताव सर्वसम्मतबाट स्वीकृत भएको हो ।

उक्त प्रस्तावमाथिको छलफलमा सांसद रघुजी पन्त, दामोदर पौडेल ‘वैरागी’, चन्दा कार्की भण्डारी, वासुदेव घिमिरे, लेखनाथ दाहाल, प्रदीप पौडेल, शिशिर खनाल, अब्दुल खान, निशा डाँगी, सूर्यप्रसाद ढकाल, प्रेम सुवाल, गणेश पराजुली, शिव नेपाली, मनिष झा, विनिता कठायत, बद्रीप्रसाद पाण्डे, माधव सापकोटा, सञ्जय गौतमलगायतले भाग लिएका थिए । सभामुख देवराज घिमिरेले उक्त विधेयकमाथि संशोधन पेस गर्न चाहने सांसदले ७२ घण्टाभित्र आफूले गर्न चाहेको संशोधनको सूचना विधेयक शाखामा दिन सक्ने जानकारी गराए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका