जोडिनुहोस
  • होमपेज
  • उपत्यकासहित देशको पूर्वी भूभागमा वर्षा

उपत्यकासहित देशको पूर्वी भूभागमा वर्षा

काठमाडौं । अहिले देशभरको मौसम बदली भएको छ । जसकारण काठमाडौँ उपत्यकासहित बागमती, मधेश र कोशी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

मौसम विज्ञान विभागअन्तर्गतको जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिनभरनै देशको पूर्वी भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण मौसम बदली भएको हो । यो प्रभाव पूर्वी नेपालमा बढी र पश्चिममा कम रहेको छ ।

‘‘काठमाडौँमा बुधबार र बिहीबार पनि छिटपुट वर्षा हुने सम्भावना छ,’’ उहाँले भन्नुभयो, गण्डकी प्रदेशदेखि पूर्वमा बिहीबार पनि वर्षाको सम्भावना छ ।

उनका अनुसार गण्डकीदेखि पश्चिमको भूभागमा भने तुलनात्मक रूपमा कम बदली छ । बदली पनि पहाडी क्षेत्रमा बढी र तराई क्षेत्रमा कम छ । बदली र वर्षा भएका स्थानमा जाडो महसुस भएको छ । पर्सिदेखि मात्र मौसममा सुधार हुँदै जाने मौसमविद् झाले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?