जोडिनुहोस
  • होमपेज
  • एमालेसहितको समाजवादी मोर्चा बनाउने निर्णय

एमालेसहितको समाजवादी मोर्चा बनाउने निर्णय

काठमाडौं । चार दलीय समाजवादी मोर्चामा नेकपा एमालेलाई पनि समेटेर अघि बढ्ने विषयमा छलफल भएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटरमा बसेको बैठकमा सो विषयमा छलफल भएको हो ।

सत्ता गठबन्धनमा एमालेको प्रवेश भएसँगै सो पार्टीलाई पनि समाजवादी मोर्चामा समेट्नेबारे छलपल भएको मोर्चामा संयोजक नेत्रविक्रम चन्द ‘विप्लव’ले बताए । नयाँ सत्ता समीकरण भएपछि पहिलोपटक समाजवादी मोर्चाको बैठक बसेको हो ।

आजको बैठकले एमालेसहितको मोर्चा बनाउने गर्ने निर्णय गरेको छ । त्यसका लागि माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकलम दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेका अध्यक्ष केपी ओलीसँग थप छलफल गर्ने बैठक निर्णय गरेको छ ।

नेता विप्लवले भने, ‘यसअघि स्थगित भएको अन्तरक्रिया कार्यक्रमलाई सञ्चालन गर्ने विषयमा पनि छलफल भएको छ । साथै, समाजवादी मोर्चालाई अन्य दलसँग पनि कसरी जोड्ने भन्नेबारे छलफल केन्द्रित भयो । यस विषयमा एमालेसँग प्रधानमन्त्री र माधव नेपालले कुराकानी गर्नुहुन्छ । एमालेसमेत बसेर अन्तरसक्रिया कार्यक्रम टुंग्याउने गरी आजको बैठक स्थगित भएको छ ।’

यसअघि बसेको मोर्चाको बैठकले चैत ३ गते काठमाडौँमा अन्तरक्रिया गर्ने निर्णय गरेको थियो । तर, यसबीचमा सत्ता समीकरण बदलिएपछि स्थगित भएको थियो ।

मोर्चामा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी ९जसपा०, नेकपा एकीकृत समाजवादी र नेत्रविक्रम चन्द विप्लव रहेका छन् । मोर्चाको नेतृत्व विप्लवले गर्दै आएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका