जोडिनुहोस
  • होमपेज
  • झुम्का कारागारमा कैद भुक्तान गरिरहेका न्यायाधीशको मृत्यु

झुम्का कारागारमा कैद भुक्तान गरिरहेका न्यायाधीशको मृत्यु

काठमाडौं। सुनसरीको झुम्का कारागारमा रहेका एक जना कैदी बन्दीको मृत्यु भएको छ । पत्नी हत्याको आरोपमा कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका खोटाङका साकला गाउँपालिकाका ४२ वर्षीय न्यायाधीश राईको शनिबार मृत्यु भएको हो । राईको कारागारभित्रै मृत्यु भएको हो ।

न्यायाधीशको शरीरभरि निलडाम र चोट देखिएकाले भन्दै कारागारभित्रै कुटेर हत्या गरेको मृतक राईका आफन्तले आरोप लगाएका छन् । झुम्का कारागार प्रशासनले भने स्वास्थ्यमा समस्या रहेका राईको उपचारका क्रममा जिल्ला अस्पताल सुनसरीमा राईको मृत्यु भएको दाबी गरेको छ । पीडित पक्षले न्याय र क्षतिपूर्ति नदिएसम्म शव परीक्षण गर्न नदिने र शव नबुझ्ने अडान लिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका