जोडिनुहोस
  • होमपेज
  • रुस जान श्रम स्वीकृति खुल्ला गर्ने सरकारको निर्णयप्रति कांग्रेसको आपत्ती

रुस जान श्रम स्वीकृति खुल्ला गर्ने सरकारको निर्णयप्रति कांग्रेसको आपत्ती

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सरकारले रुसमा जान श्रम स्वीकृति खुल्ला निर्णय गरेको भन्दै आपत्ती जनाएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै पौडेलले अहिलेको अवस्थामा रुस जान रोक लगाउनुपर्नेमा सरकारले नै श्रम स्वीकृत खुल्ला गरेको भन्दै आपत्ती जनाएका हुन् । मानवतस्करहरुलाई अनुकुल हुने गरि श्रम स्वीकृति दिनुमा गम्भीर स्वार्थ लुकेको उनले आरोप लगाए ।

उनले रुसी सेनामा रहेका नेपालीलाई स्वदेश फर्काउन सरकार असफल भएको भन्दै अन्तराष्ट्रिय समुदायसँग आग्रह गर्न सुझाव दिए । रुसी सेनामा रहेका नेपालीको सङ्ख्यामा बारेमा पनि सरकार बेखबर रहेको उनले बताए । उनले मृत्यु भएका नेपालीहरूका आफन्तको डिएनए परिक्षण गर्ने नाममा थप पीडा दिने काम भएको समेत बताए ।

पौडेलले नागरिकहरू पीडामा हुँदा परराष्ट्रमन्त्री देशमा नबस्ने र रुसमा रहेका नेपालीका विषयमा बेखबर हुन नमिल्ने भन्दै सरकारको ध्यान जान जरुरी रहेको धारणा राखे ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका