जोडिनुहोस
  • होमपेज
  • भारतले टस जितेर पाकिस्तानविरुद्ध फिल्डिङ गर्दै

भारतले टस जितेर पाकिस्तानविरुद्ध फिल्डिङ गर्दै

आईसीसी क्रिकेट विश्वकप  २०२३ अन्तर्गतको १२औं खेलमा भारत र पाकिस्तान आमनेसामने भएका छन् ।

भारतले टस जितेर पाकिस्तानविरुद्ध फिल्डिङ गरिरहेको छ । क्रिकेटमा भारत र पाकिस्तानबीचको खेललाई निकै महत्वपूर्ण रुपमा लिइन्छ ।यसपटक पाकिस्तानले विश्वकपमा बलियो मानिएको भारतविरुद्ध उसकै घरेलु मैदानमा प्रतिस्पर्धा गरिरहेको छ । खेल अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा जारी छ ।

यो विश्वकपमा पाकिस्तान र भारत दुई र दुई खेल खेलेकोमा सतप्रतिशत जित हात पारेका छन् । भारतले अस्ट्रेलिया र अफगानिस्तानलाई पराजित गरेको हो भने पाकिस्तानले श्रीलंका र नेदरल्याण्डस्लाई पराजित गरेको हो ।

रोहित शर्माको कप्तानीमा रहेको भारतीय टोलीमा शुभमन गिल, विराट कोहली, श्रेयर यर, केएल राहुल, हार्दिक पाण्ड्या, रविन्द्र जडेजा, शार्दुल ठाकुर, जसप्रित बुम्राह, कुलदिप यादव र मोहम्मद सिराज रहेका छन् ।

यस्तै बाबर अजामको कप्तानीमा रहेको पाकिस्तानी टोलीमा इमाम उल हक, अब्दुल्लाह सफिक, मोहम्मद रिजवान, साउद सकिल, इफ्तिखर अहमेद, शदाब खान, मोहम्मद नवाज, हसन अली, शाहीन साह अफ्रिदी र हरिस राउफ रहेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका