जोडिनुहोस
  • होमपेज
  • समाजवादी मोर्चाले आज बृहत अन्तर्क्रिया गर्ने

समाजवादी मोर्चाले आज बृहत अन्तर्क्रिया गर्ने

काठमाडौं। समाजवादी मोर्चाले आज वृहत् अन्तरक्रिया कार्यक्रम गर्दैछ ।

राष्ट्रिय सभागृहमा कार्यक्रम मङ्गलवार दिउँसो १ बजे सुरु हुनेछ । समाजवादी मोर्चाले ‘नेपाली विशेषताको समाजवाद निर्माणबारे’ शीर्षकमा वृहत् अन्तरक्रिया कार्यक्रम गर्न लागेको हो ।

समाजवादी मोर्चाको सचिवालयको बैठकको निर्णय अनुमोदन भएसँगै सो कार्यक्रम टुंगो लागेको नेकपा प्रवक्ता खडगबहादुर विश्वकर्माले जानकारी दिए ।

सो मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा सहभागी रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका