जोडिनुहोस
  • होमपेज
  • सवा अर्ब रकम हिनामिना गरेको आरोपमा सहकारीका व्यवस्थापक प्रहरी नियन्त्रणमा

सवा अर्ब रकम हिनामिना गरेको आरोपमा सहकारीका व्यवस्थापक प्रहरी नियन्त्रणमा

बचतकर्ताको झण्डै सवा एक अर्ब रकम हिनामिना गरेको आरोपमा बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष र भैरहवा शाखाका व्यवस्थापकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बचतकर्ताहरुको उजुरीपछि सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ र भैरहवा शाखा व्यवस्थापक दुर्गा चापागाई पाण्डेलाई नियन्त्रणमा लिएको हो ।

सहकारीले राई अध्यक्ष तथा संचालक रहेका विभिन्न पाँचवटा कम्पनीलाई ७८ करोड ५० लाख ७६ हजार ६६५ रुपैयाँ ऋण दिएको थियो । ‘अध्यक्ष गुरुङलाई बिहीबार र पाण्डेयलाई शुक्रवार पक्राउ गरी अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी विजयराज पण्डितले जानकारी दिनु भयो ।

दुबैजनालाई इलाका प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको डीएसपी पण्डितले बताउनुभयो ।  सहकारीका संस्थापक अध्यक्ष गितेन्द्र बहादुर जिबि राई हुन् । उनी २०७८ सम्म अध्यक्ष थिए । २०७८ सम्म गुरुङ उपाध्यक्ष थिए । रुपन्देही लगायत आसपासका जिल्लाका १० हजार ३९१ जना बचतकर्ताहरुको १ अर्ब ७ करोड ८२ लाख ६७ हजार ७२९ रुपैयाँ हिनामिना भएको भन्दै वचतकर्ताहरुले प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयमा उजुरी दिएका थिए ।

संस्थापक अध्यक्ष एवं संरक्षक जिबि राई सम्पर्क विहिन छन् । सुप्रिम सहकारीबाट गोर्खा मिडिया नेटवर्कले साढे १० करोड रुपैयाँ ऋण लिएको बताइएको छ। गुरुङले आफूले गलत नगरेको तर जिबि राईको कारण आफू फसेको पक्राउ पर्नुअघि बताउँदै आएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका