जोडिनुहोस
  • होमपेज
  • झण्डै १८ किलो चाँदीका गरगहनासहित एकजना पक्राउ

झण्डै १८ किलो चाँदीका गरगहनासहित एकजना पक्राउ

काठमाडौं : मोरङ जिल्लाको बेलबारी नगरपालिका–७ बाहुनीबाट सशस्त्र प्रहरीले ८ लाख ७४ हजार ५ सय ५२ रुपैयाँ बराबरको चाँदीको तयारी गरगहनासहित एक जनालाई पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा सोही जिल्लाको कानेपोखरी गाउँपलिका–६ बस्ने ३८ वर्षीय विजय खत्रीलाई १७ केजी ९ सय ६० ग्राम चाँदीको तयारी गरगहनासहित सुरक्षा बेश बाहुनीले नियन्त्रणमा लिएको हो। सशस्त्र प्रहरीका सहायक प्रवक्ता प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए।

प्रदेश १–०२–०४९ प ७००२ नम्बरको मोटरसाइकल सवार उनले लुकाई छिपाई लैजादै गरेको अवस्थमा उनलाई १२ केजी २ सय ११ ग्राम चाँदीको गरगहनासहित नियन्त्रणमा लिइएको थियो। पछि उनकै सूचनाको आधारमा सोही ठाउँको एक घरमा लुकाई छिपाई राखेको अवस्थामा थप ५ केजी ७ सय ४९ ग्राम चाँदीको तयारी गरगहना सुरक्षा बेस बाहुनी र सुरक्षा बेस लक्ष्मीमार्गबाट खटिएको सुरक्षा फौजले बरामद गरेको थियो।

उनी सवार उल्लेखित मोटरसाइकल समेत सशस्त्र प्रहरीले बरामद गरेको छ। बरामद चाँदीको गरगहना तथा मोटरसाइकलसहित खत्रीलाई चैत १९ गते सोमबार आवश्यक कारवाहीको लागि वरिाटनगर भन्सार कार्यालय मोरङमा बुझाइएको थापाको भनाइ छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका