जोडिनुहोस
  • होमपेज
  • इलाममा चियाको पहिलो टिपाइ शुरु

इलाममा चियाको पहिलो टिपाइ शुरु

इलाममा चियाको पहिलो टिपाइ शुरु भएको छ । बगानमा नयाँ मुना पलाएपछि पहिलो टिपाइ शुरु गरेको किसान ठाकुर खतिवडाले बताउनुभयो । अघिल्ला वर्षमा चैतको पहिलो हप्तामै पहिलो टिपाइ शुरु हुने गरेकोमा यस वर्ष पानी ढिला परेकोले मुना ढिलो पलाएको किसान खतिवडाले बताउनुभयो ।

इलामको तल्लो क्षेत्रमा चिया टिप्न शुरु भए पनि माथिल्लो क्षेत्रमा अझै चियाको मुना पलाएको छैन । पहिलो उत्पादन गुणस्तरीय हुने भएकाले पनि यो चिया महँगो मूल्यमा बिक्ने गरेको छ । यसबाट गुणस्तरीय चिया निर्माण हुने भएकाले विदेशी नागरिकले समेत पहिलो टिपाइ नै खोज्ने गरेका छन् ।

चियाको टिपाइ शुरु भएपछि बगानका मजदुर व्यस्त भएका छन् । चिया कारखानाले पनि चिया प्रशोधनको तयारी थालेका छन् । चिया टिपाइ चैतदेखि कात्तिकसम्म हुन्छ । कात्तिक र मङ्सिर महिनामा चियाका बोटलाई छाँटकाँट गरिन्छ । फागुन र चैतमा गोडमेलसँगै गाईवस्तुको मल पनि राखिन्छ । चियाको टिपाइ झन्डै सात दिनको अन्तरमा हुने गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका