जोडिनुहोस
  • होमपेज
  • ‘सम्बन्ध’ कला प्रदर्शनी २०८० काठमाडौंमा सुरु

‘सम्बन्ध’ कला प्रदर्शनी २०८० काठमाडौंमा सुरु

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा ‘सम्बन्ध’ कला प्रदर्शनी २०८० काठमाडौंमा सुरु भएको छ । दार्जिलिङ, सिक्किम, कालिङपोङ र नेपालका कलाकारबीचको सम्बन्ध थप प्रगाढ बनाउन सम्बन्ध कला प्रदर्शनी आयोजना गरिएको ललितकला प्रज्ञा–प्रतिष्ठानले जनाएको छ । सम्बन्ध कला प्रदर्शनीको नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले उद्घाटन गरे ।

प्रदर्शनीले नेपाल–भारतको सम्बन्ध अझ बढाउनका लागि साथै एक अर्काका अनुभवी सिर्जना सिपको विकास कला, विकास, कला प्रवर्द्धन तथा कूटनीतिक सम्बन्धसँगै अन्तर्राष्ट्रिय सांस्कृतिक सौहार्दता र सामाजिक सद्भाव बढाउने नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणी हार्तम्छालीले विश्वास व्यक्त गरे । कला प्रदर्शनीमा ३५ भन्दा बढी कलाकारका कलाहरू राखिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका