जोडिनुहोस
  • होमपेज
  • नेपालको लगानी वातावरणबारे आजियटालाई बोलाएर सोध्नुपर्छ  स्वर्णिम वाग्ले

नेपालको लगानी वातावरणबारे आजियटालाई बोलाएर सोध्नुपर्छ  स्वर्णिम वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा सांसद डा। स्वर्णिम वाग्लेले नेपालमा लगानी वातावरणबारे मलेसियाली कम्पनी आजियटाले सार्वजनिक गरेको धारणाबारे अर्थ समितिले छलफल गर्नुपर्ने बताएका छन् ।

बुधबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै सांसद वाग्लेले अर्थ समितिमा आएर आजियटा ग्रुपका सिईओले नेपालको लगानीको विषयमा जानकारी दिनुपर्ने धारणा राखेका हुन् । वाग्लेका अनुसार आजियटाका ग्रुप चिफ एक्जिक्युटिभ अफिसर विवेक सुदले नोभेम्बर २९,२०२३ मा जारी गरेको विज्ञप्तिमा नेपालमा लगानी चुनौतीपूर्ण रहेको भन्दै एनसेललाई बिक्रीमा राख्नुपर्ने बाध्यता परेको उल्लेख गरेका छन् ।

सुदले आजियटाका शेयर धनीहरुको हितमा यो कदम आवश्यक भएको भन्ने अभिव्यक्ति पनि दिएको भन्दै यसले नेपाल राष्ट्रकै छविमा क्षति पुर्‍याउने बताएको भन्दै वाग्लेले यस भनाइमा समितिले छलफल गर्नुपर्ने बताएका हुन् । ‘त्यही कारण उहाँलाई यही समितिमा उपलब्ध गराउनुपर्छ । देशलाई प्रगतिको बाटोमा लाने, आय र रोजगारी विस्तार गर्नको लागि प्रत्यक्ष लगानी भित्र्याउनु पर्ने, स्वदेशी लगानीको माहोल बनाउनुपर्ने दस्तावेजहरुले बोल्छ, निर्यात प्रवद्र्धन र प्रविधि हस्तानतरणको लागि पनि राम्रोसँग वैदेशिक लगानी भित्र्याउने हो भने ठूलो महत्व रहेको छ । २०८१ वैशाखमा सरकारले लगानी सम्मेलन गर्ने भनेको छ । तर यस आजियटाको भनाइले लगानीको विश्वसनीयतालाई प्रश्न गरेको छ’, उनले भने । नेता वाग्लेले एनसेलको शेयर खरिदबिक्री प्रकरणले नेतालाई रिझाएर मात्रै टिक्न सकिने भन्ने सन्देश दिएको दाबी गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका