जोडिनुहोस
  • होमपेज
  • दक्षिण कोरिया भ्रमणको तयारीमा प्रधानमन्त्री दाहाल

दक्षिण कोरिया भ्रमणको तयारीमा प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले दक्षिण कोरियाको भ्रमण गर्न लागेको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले जुगल हिमालको आरोहण गर्न लागेको नेपाल र दक्षिण कोरियाको संयुक्त टोलीलाई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरणसहित बिदाई कार्यक्रममा दक्षिण कोरिया भ्रमणबारे जानकारी दिएका हुन् ।

संयुक्त राष्ट्रसंघको अधिवेशनको समयमा कोरियाका राष्ट्रपति योन सुक योलसँगको भेटमा दुई देशको सम्बन्धलाई अझ बलियो बनाउने र सहयोगको क्षेत्रलाई अझ बिस्तार गर्नेकुरामा छलफल भएको पनि प्रधानमन्त्री दाहालले जानकारी दिए ।दक्षिण कोरियाका राष्ट्रपति योलले भ्रमणको निम्तो दिएको जानकारी दिँदै प्रधानमन्त्री दाहालले निमन्त्रणालाई स्वीकार गरेर कोरिया जाने तयारीमा रहेको जानकारी दिएका हुन् ।

दक्षिण कोरिया र नेपालको औपचारिक सम्बन्धको ५० वर्ष पुगेको अवसरमा संयुक्त आरोहणले नेपाल र कोरियाको सम्बन्धलाई अझ सुदृढ बनाउने र पर्यटन प्रबर्धनमा ठूलो भुमिका खेल्ने प्रधानमन्त्रीको भनाइ थियो ।प्रधानमन्त्री दाहालले नेपाल र कोरियाको बीचमा विभिन्न क्षेत्रमा सहयोगको प्रगति हुँदै गएको बताए । उनले कोरिया र नेपालको सम्बन्धमा नेपालको आर्थिक विकासको निम्ति निकै धेरै क्षेत्रमा सहयोगको अपेक्षा गरिएको पनि बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका