जोडिनुहोस
  • होमपेज
  • रुसमा खतरनाक बाढीको चेतावनी, सरकारविरुद्ध नागरिकको प्रदर्शन

रुसमा खतरनाक बाढीको चेतावनी, सरकारविरुद्ध नागरिकको प्रदर्शन

रुस। रुसले सोमबार आगामी ४८ घण्टामा ‘खतरनाक’ बाढीको चेतावनी दिएको छ।

तीव्ररूपमा पग्लिँदै गरेको बरफ र मुसलधारे वर्षाका कारण कजाकस्तानसँग जोडिएको रुसी सीमा नजिकै मुख्य नदीहरू युराल र टोबोलमा पानीको सतह बढेको छ।

यसैबीच ओर्स्क शहरमा सोमबार प्रदर्शनकारीले सरकारको कमजोर प्रतिक्रियाविरुद्ध विरोध जनाएका छन्। एउटा बाँध फुटेपछि साताको अन्त्यमा बाढीको पानीले उक्त शहर डुबेको थियो। स्थानीय सोसल मिडियामा पोष्ट भएका भिडियोमा भीडले ‘लज्जाजनक’ र ‘पुटिन, सहयोग गर्नुहोस्’ भन्दै चिच्याएका थिए।

यसअघि क्रेमलिनले सोमबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बाढीग्रस्त क्षेत्रहरूको भ्रमण गर्ने कुनै योजना नभएको बताएको थियो। रुसमा कडा विरोधी कानूनअन्तर्गत सरकारविरुद्ध सार्वजनिक प्रदर्शन अवैध छ। ओर्स्कलाई समेटेको ओरेनबर्ग क्षेत्रीय अभियोजक कार्यालयले सोमबार बासिन्दाहरूलाई ‘अनधिकृत’ प्रदर्शनमा सहभागी भए उनीहरूले गिरफ्तारीको सामना गर्नुपर्ने चेतावनी दिएको छ।

प्रदर्शनकारीहरूले थप वित्तीय सहयोगको माग गरिरहेका थिए र उनीहरू शहरको सुरक्षाका लागि निर्माण गरिएको बाँध भत्किएकामा आक्रोशित थिए। सप्ताहन्तमा प्रकाशित क्षतिपूर्ति योजनामा क्षेत्रीय सरकारले बाढीले ‘पूर्णरूपमा नष्ट’ भएका घरेलु सामानका लागि प्रतिव्यक्ति एक लाख रुबल ९एक हजार एक सय अमेरिकी डलर० प्रदान गर्ने बताएको छ।

सरकारी आरआइए नोभोस्ती समाचार समितिका अनुसार ओरेनबर्गका गभर्नरले सोमबार घरको नोक्सानीको पूर्ण क्षतिपूर्ति दिने बताएका छन्। अहिलेसम्म सबैभन्दा धेरै प्रभावित शहर ओर्स्कमा ९९ जनाको उपचार गरिएको छ। नौजनालाई अस्पतालमा भर्ना गरिएको स्वास्थ्य अधिकारीहरूलाई उद्धृत गर्दै सरकारी सञ्चारमाध्यमले बताएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका