जोडिनुहोस
  • होमपेज
  • ईयू राष्ट्रबाट शरणार्थी फर्काउन मिल्ने गरी बनाइयो नयाँ कानुन

ईयू राष्ट्रबाट शरणार्थी फर्काउन मिल्ने गरी बनाइयो नयाँ कानुन

ब्रसेल्स। युरोपेली संसदले ईयूको आप्रवासन र शरणसम्बन्धी नियममा ठूलो सुधार गरेको छ ।

लामो छलफल र बार्ता पछि ईयूले शरण र आप्रवासन सन्धिका बारेमा २०१५ देखि सुरू गरेको छलफल टुंग्याउँदै नयाँ सुधार अनुमोदन गरेको हो । जुन यो दुई वर्षमा लागू हुनेछ ।

शरण प्रक्रियालाई गति दिन र अनियमित आप्रवासीहरूलाई स्वदेशमा फर्काउनको लागि नयाँ नियम बनाएको हो । जुन नयाँ नियमले इयु सदस्य राष्ट्रहरूलाई शरणार्थीहरूको लागि जिम्मेवारी बाँड्न पनि सजिलो हुनेछ ।

गत वर्षहरूमा लगभग ३ लाख ६० हजार मानिसले गैरकानूनी रूपमा इयुको सिमानामा प्रवेश गरेका थिए, जुन जुन २०१६ यताको उच्च संख्या हो । माइग्रेसन सम्झौतालाई दुई मुख्य राजनीतिक समूह युरोपेली पीपुल्स पार्टी (ईपीपी) र प्रगतिशील गठबन्धन समाजवादी र एस एन्ड डिले समर्थन गरेका छन । युरोपेली संसदका अध्यक्ष रोबर्टा मेत्सोलाले भने कि यसबाट एकता र जिम्मेवारी बीचको सन्तुलन हुुने भएकाे छ ।

यद्यपि, वामपन्थी र अति दक्षिणपन्थी समूहहरूले सम्झौताको विरोध गरेका छन । साथै, धेरै गैरसरकारी संस्थाहरूले पनि याे सुधारलाई अस्वीकार गरेका छन् । एम्नेस्टी इन्टरनेशनलले चेतावनी दिँदै भने, इयु राष्ट्रमा लागु हुने नयाँ नियमले शरणार्थीहरूको लागि थप पीडा दिनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका