जोडिनुहोस
  • होमपेज
  • भारतको राष्ट्रिय निकुञ्जमा एक महिनाभन्दा कम अवधिमा दोस्रो चितुवाको मृत्यु

भारतको राष्ट्रिय निकुञ्जमा एक महिनाभन्दा कम अवधिमा दोस्रो चितुवाको मृत्यु

काठमाडौँ– भारतको मध्य प्रदेश राज्यको कुनो राष्ट्रिय निकुञ्जमा एक महिनाभन्दा कम अवधिमा दोस्रो चितुवाको मृत्यु भएको छ ।

यो गत फेब्रुअरीमा दक्षिण अफ्रिकाबाट भारतमा ल्याइएका १२ ठुला बिरालाहरू मध्ये एक थियो । भारतले गत वर्ष चितुवालाई आधिकारिक रूपमा विलुप्त भएको घोषणा गरेको ७० वर्षभन्दा बढी समयपछि पुनः ल्याएको हो ।

गत २७ मार्चमा, नामिबियाबाट ल्याइएका जनावरहरूको पहिलो समूहको एक पोथी चितुवाको मिर्गौला रोगका कारण शङ्कास्पद मृत्यु भएको थियो।

नामिबियावाट ५ भाले र ३ पोथी गरी ८ नामिबियन चितुवाहरूलाई गत वर्ष धूमधामका साथ भारतमा स्थानान्तरण गरिएको थियो ।

यता, फेब्रुअरीमा दक्षिण अफ्रिकाबाट थप १२ वटा चितुवा भारत ल्याइएको थियो। ती सबैलाई जङ्गलमा छोड्नु अघि कुनोको पार्कमा नियन्त्रित क्वारेन्टाइन क्षेत्रमा राखिएको थियो। वन अधिकारी र चिकित्सकको टोलीले उनीहरूको आवतजावतको अनुगमन र निगरानी गरिरहेको छन् ।

यसैगरि भारतले २९ मार्चमा  ४ चितुवाको बच्चालाई आफ्नो देश भित्राएको थियो उक्त चितुवाहरू गत सेप्टेम्बरमा नामिबियाबाट ल्याएको एक पोथीबाट जन्मिएको थियो ।

सन् १९४७ मा स्वतन्त्रतापछि विलुप्त हुने यो मात्र ठूलो स्तनपायी हो ।

शिकार, घट्दो वासस्थान र पर्याप्त शिकारको अभाव – कालो हरिण, हरिण र खरायो – भारतमा बिरालो लोप हुनुको मुख्य कारणहरू थिए।

वन्यजन्तु विशेषज्ञहरूले भारतमा जनावरको पुनः परिचयलाई स्वागत गरेका छन् तर कतिपयले उनीहरूलाई अन्य सिकारीहरूबाट हुने सम्भावित जोखिम र पर्याप्त शिकार नहुने चेतावनी पनि दिएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका